Swornakshar Logo

मोबाइल बिक्रीको तुलनामा दोस्रो नम्बरमा आयो हुआवेई

१८ वैशाख। चिनिया कम्पनी हुआवेईले स्मार्टफोन बजारमा कडा प्रतिपर्धाकाबीच यो वर्ष पहिलो पटक एप्पल कम्पनीलाई पछाडि पार्दै दोस्रो स्थान हाँसिल गरेको छ । कोरियाको सामसुङ कम्पनीले अझैं पनि पहिलो स्थानमै कब्जा जमाइरहेको छ ।

इन्टरनेशनल डाटा कर्पोरेशन आइडिसीको सुरुवाती आँकडा अनुसार, यो वर्षको पहिलो तीन महिनामा विश्वभर ३१।०८ करोड स्मार्ट फोनको बिक्री भएको छ । यो पहिलो वर्षको तुलनामा ६।६० प्रतिशत कम हो । तुलानात्मक रुपमा स्मार्टफोनको विक्री घटिरहेको छ ।

संगठनको भनाइ अनुसार हुआवेईको मजबुतीमा बृद्धि भएको छ । जसको कारण अहिले विक्री वितरणमा एप्पलाई पछि पार्दै दोस्रो स्थानमा छ ।
पहिलेको तुलनामा २०१९ मा स्मार्टफोनको बिक्री वितरणमा गिरावट आएको छ ।

सबै भन्दा बढी विक्री हुँदै आएको सामसुङको बिक्री ८।१० करोडबाट घटेर ७।१९ करोडमा झरेको छ । तर पनि अझैं सबै भन्दा बढी विक्री हुने स्मार्टफोन सामसुङ नै रहेको छ ।

हुआवेईको विक्री वितरणमा ५०।३० प्रतिशतले बृद्धि हुँदै ५।९१ करोड स्मार्टफोनमा पुगेको छ । यसरी हुआवेईको विक्री वितरणमा ह्वात्तै बृद्धि भएसँगै दोस्रो सबै भन्दा बढी विक्री हुने स्मार्टफोनको स्थान बनाउन सफल बनेको छ ।

अर्कोतर्फ एप्पलको विक्री वितरण ३०।२० प्रतिशतले घटेर ३।६४ करोडमा आएको छ ।