Swornakshar Logo

रक्सी तस्करले प्रहरीको पेस्तोल लुटेर फरार

१८ वैशाख । जनकपुरधाम । तस्करहरूको एक समूह धनुषाको मुखियापट्टी मुसहर्निया गाँउपालिकामा प्रहरीको पेस्तोल लुटेर फरार भएका छन्।

उनीहरुले बुधवार बिहान २ बजेको समयमा गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेका हुन्। ठूलो संंख्यामा आएका लुटेराहरु भएका कारण उनीहरुसँग मुकाबिला गर्न नसकिएको र हतियार लुट्न सफल भएको साहले बताए ।

नेपालबाट भारत तर्फ अवैध रक्सी तस्करी गर्ने समूहका २५ जनाले प्रहरीलाई आक्रमण गरी पेस्तोल लुटेर फरार भएको प्रहरीले जनाएको छ। हाल घटनास्थलमा धनुषाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोको नेतृत्वमा हतियार लुट्नेहरुको खोजी भइरहेको छ ।