Swornakshar Logo

अबको लक्ष्य कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवाद को आधार तयार पार्नु होः अध्यक्ष प्रचण्ड

१८ वैशाख । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको लक्ष्य कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नुपर्ने बताएका छन् ।

१३० औं विश्व मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘यो आफैंमा एउटा युगान्तकारी कार्य हो । अन्तमा, विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक वर्ग समाजवादी लक्ष्य पुरा गर्न संगठित रुपमा एकतावद्ध भई अगाडि बढ्ने विश्वासका साथ पुनः एकपटक श्रमिक वर्गमा सुख, शान्ति र समृद्धिको कामना गर्दै बधाई ज्ञापन गर्दछु ।’

सरकारले श्रमजीविको पक्षमा गरेका कार्यहरु बारे बताउँदै अध्यक्ष प्रचण्डले । श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको बताएका छन् ।