भोलि सार्वजनिक विदा

१७ वैशाख । काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । १ चैत २०७५ मा प्रकाशित राजपत्रअनुसार ‘अन्तर्राष्ट्रिय मजदुर दिवस’का दिन बुधबार देशैभरी सार्वजनिक विदा दिइएको छ ।
राजपत्रमा २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिइएको उल्लेख छ । यसअघि सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार सार्वजनिक विदा दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: