Swornakshar Logo

हुम्लाको ताँजाकोटमा झण्डै ६ सय जनाको उपचार, रोग अझै पहिचान हुन सकेन

बैशाख १७। हुम्ला – ताँजाकोटमा पुगेको डाक्टरको टोलीले झण्डै ६ सय जनाको उपचार गरेको छ ।

आइतबार पुगेको डाक्टरको टोलीले शिविर चलाएर मंगलबार बिहानसम्म ५ सय ९२ जनाको उपचार गरेको र अब अवस्था विस्तारै सामान्य हुँदै गएको पनि हुम्लाका प्रमुख जिल्ला अधिकारी धोकलराज ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

तर १० जनाको ज्यान जानेगरी फैलिएको रोगको पहिचान भने अझै हुन सकेको छैन । स्वास्थ्यकर्मीको टोलीले मौसमी रुघाखोकीको आशंका गरे पनि पुष्टि हुन नसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

ताँजाकोटको वडा नम्बर १, २, ५ र ८ मा रुघा लाग्ने, छाती दुख्ने लगायत समस्या देखिएका सैयौजनामध्ये १० जनाको ज्यान गएको हो ।