Swornakshar Logo

दश हजार बढी युवाले भरे बेरोजगारको फारम

६ बैशाख । मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा दश हजार भन्दा बढी युवाले बेरोजगारको फारम भरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत् चैत मसान्तसम्म आवेदन लिने भनिए पनि बैशाख मसान्तसम्म म्याद थप गरिएको छ ।

बैशाख ९ गते सम्म हेउमनपामा १० हजार ४ सय ७९ जनाले बेरोजगार आवेदन फारम भरेको हेटौंडा उपमहानगरपालिकाको रोजगार संयोजक बिजन श्रेष्ठले बताए ।