प्रेस र पत्रकार हुदैन्थ्ये भने म प्रचण्ड बन्दैनथ्येः प्रचण्ड
१५ वैशाख । काठमाडौं । पत्रकारहरुको गिरफ्तारी र प्रेस स्वतन्त्रताको पक्षमा पत्रकार महासंघको टोलीले नेकपा अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रेस स्वतन्त्रता र राज्यको उत्तरदायित्व सम्बन्धि पत्रकार महासंघको ध्यानाकर्षण पत्र बुझ्दै प्रचण्डले प्रेसको भुमिका अत्यन्तै सराहनीय भएको उल्लेख गरेका छन् ।
१० वर्षे जनयुद्धको क्रममा समेत प्रेसले अत्यन्तै सकारात्मक भुमिका खेलेको भन्दै प्रेस नभएको भए आफू यो स्थानमा आउनै नसक्ने दाबी गरेका छन् । यस्तै, प्रचण्डले पत्रकार महासंघले तयार पारेको ध्यानाकर्षण पत्र अत्यन्तै मेहनत गरेर ल्याएको र यो माग समग्र रुपमा स्वतन्त्राको पक्षमा रहेको जनाएका छन् ।
अहिलेको सरकार समेत जेलनेल देखि स्वतन्त्रताको बारेमा वकालत गर्दै आएकाले प्रेस गुहार्ने आफूहरुले पत्रकार महासंघको माग जायज भएको भन्दै यसबारे पार्टी र प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
प्रचण्ड निवास खुमलटार पुगेर पत्रकार महासंघको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रतिक्रिया दिनुहोस्: