Swornakshar Logo

नेपाल भ्रमण वर्ष २०२० लोगो र स्टिकर सार्वजनिक

१५ वैशाख । काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०को लोगो सहितको स्टिकर सार्वजनिक गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन उपसमितिले ‘समृद्ध नेपाल बनाऔँ, विश्वमा नेपाल चिनाऔँ’ तथा ‘गरौँ तयारी धुमधाम, पाहुनालाई गराऔँ घुमघाम’ भन्ने नारासहित स्टिकर सार्वजनिक गरिएको हो ।
नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भ्रमण वर्षको लोगो र नारासहितको स्टिकर पर्यटक बस र माइक्रोमा टाँसेर उद्घाटन गरेका थिए ।

भ्रमण वर्षको देशव्यापी प्रचार गर्ने उद्देश्यले समितिले पर्यटक सवारीसाधन तथा सार्वजनिक सवारीसाधनमा टासेर प्रचार प्रसार गर्ने भएको छ । कार्यक्रममा नेपाल पर्यटक यातायात व्यवसायी संघ, पर्यटक ट्याक्सी व्यवसायी संघ तथा पर्यटन क्षेत्रका विभिन्न संगठनका प्रतिनिधिलाई स्टिकर प्रदान गरिएको थियो ।

भ्रमण वर्षको लोगो तथा मूल नारा भिजिट नेपाल ‘लाइफ टाइम्स एक्सपेरियन्स’ यसअघि नै सार्वजनिक भइसकेको छ । भ्रमण वर्षको पूर्व सुरुआत ‘सफ्ट लन्चिङ’ गत चैत ३० गते पोखराबाट भएको थियो । भ्रमण वर्षको औपचारिक सुरुआत सन् २०१९ को डिसेम्बरको अन्तिम दिन गरिने सरकारको तयारी छ ।