Swornakshar Logo

सीके राउतको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

१५ वैशाख । काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी दार्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । अध्यक्ष राउतसहित ३५ जना केन्द्रीय सदस्य रहेको दल दर्ताका लागि आज निवेदन दर्ता गराइएको सो पार्टीका केन्द्रीय सदस्य चन्द्रन सिंहले बताए । दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दर्ता भएको छ ।

“निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छौं,” उनले भने, “केन्द्रीय समितिमा रहेका सबै ३५ जना नै उपस्थित भएका थियौं ।” उनले निर्वाचन आयोगले अब सबै केन्द्रीय सदस्यको नाम र नागरिकतालगायतका कागजात रुजु गरेपछि दल दर्ताको प्रमाण पत्र दिने बताए ।