Swornakshar Logo

विवेकशील साझाको नाम परिवर्तन भयो

१४ वैशाख । काठमाडौं । विवेकशील साझा पार्टी नेपालको नाम फेरीएको छ । वैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिर्वतन गर्ने निर्णय गरेको हो । यो पाार्टीको नेतृत्व रविन्द्र मिश्रले गदै आएका छन् ।
यसअघि पार्टीको नाम विवेकशील साझा पार्टी थियो । यो बैठकबाट नाम परिवर्तन भएर साझा विवेकशील पार्टी राखिएको छ ।

पार्टीबाट भिन्न भएर गएकाहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेकाले प्राविधिक जटिलताको अन्त्य गर्नका लागि नाम परिर्वतन गरिएको संयोजक मिश्रले जानकारी दिए ।
साझा विवेकशील पार्टीले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालन गर्ने भएको छ ।

बैठकले भ्रष्टाचारमुक्त राज्य निर्माणका लागि सुसंस्कृत राजनीति र समतामुलक सम्मृद्धिप्रति प्रतिवद्ध रहेर देशभर ठुलामाछा समाउ अभियान संचालन गर्ने मिश्रले बताए ।

शनिबार बैठकको निर्णय सार्वजनिक गर्दे संयोजक मिश्रले पार्टीले आउँदा दिनमा आफ्ना गतिविधिलाई भ्रष्टाचार विरोधी अभियानमा लगाउने बताए ।

मुलुकमा दुईतिहाईको सरकार बन्दै गर्दा आमजनताले अपेक्षा गरेको सुख सम्मृद्धि र विकासले अपेक्षाकृत फड्को मार्नुको सट्टा सरकार नै विभिन्न विवादास्पत काण्डै काण्डमा मुछिदै गएकोे टिप्पणी उनले गरे ।

सरकारका विभिन्न निकायमा रहेका असक्षम नेतृत्वका कारण मुलुकमा सामाजिक रुपान्तरण र सम्मृद्धिको विषय झन पछि पर्दै गएको उिनले टिप्पणी गरे ।