एक महिनाका लागि ‘धनगढी विमानस्थल’ बन्द

१२ वैशाख । कैलाली । धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ। धावनमार्ग अति जिर्ण भइसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिनासम्मका लागि विमानस्थलमा उडान बन्द गरिने विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले बताए । । झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पाकिङ क्षेत्र विस्तारको कार्य हुने भएकाले एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको उनले बताए ।
उक्त सुचना नेपाल नागरिक उड्यान प्राधिकरणको प्रधान कार्यालयलाई प्रकाशन गर्न आग्रह गर्ने निर्णय पनि भएको उनले बताए । । त्रिभुवन विमानस्थल पछिको सबैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावनमार्ग र पाकिङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको छ।
त्यसको ठेक्का लुम्बीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौंले पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक तथा धनगढीमा निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठले बताए । ।
उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षभित्र सेवा सुधारका लागि धनगढी विमानस्थलमा विभिन्न काम गर्दै आएको छ। नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग छ। १७ करोड ८८ लाखमा अब धावनमार्गमा थप कालोपत्रे गरिने छ, भने दुवैतर्फ २–२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ।
यस्तै अहिले ३ वटा जहाज पार्किङको व्यवस्था रहेकोमा अब थप एक जहाज पाकिङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ । चालू आर्थिक बर्षमा धवनमार्ग वृद्धि, दमकलको सुविधा थप, एप्रोच लाइट र अन्य लाइटहरु थप, सञ्चार उपकरण बृद्धि, लगायतका सेवा थप र विस्तारको काम अगाडि बढिरहेको प्राधिकरणले दाबी गरेकोछ ।
प्रतिक्रिया दिनुहोस्: