Swornakshar Logo

एनआरएनले प्रदेश तीनमा कृषि बजार निर्माण गर्ने

११ वैशाख । हेटौंडा । गैरआवासीय नेपाली संघले प्रदेश तीनबीच आधुनिक कृषि बजार निर्माण गर्ने समझदारीभएको छ ।
उक्त परियोजना निर्माणको लागि आज बुधबार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारी (एमओयु) भएको मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताए ।
दुई अर्ब रुपैयाँ भन्दा बढि खर्चेर ‘मुना आधुनिक कृषि बजार’ नाम दिइएको उक्त परियोजना एनआरएनले निर्माण गर्ने समझदारी भएको प्रवक्ताले बताए ।
भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको उपस्थितीमा मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्की र संघका अध्यक्ष भुवन भट्टको तर्फबाट संघका कृषि प्रवर्धन समितिका संयोजक युवराज गुरुङले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
१५ बुदे समझादारीमा कृषिजन्य उत्पादनलाई उचित मुल्यमा संकलन गरी प्रशोधन र बजारीकरणको व्यवस्थापन गर्न संघले प्रशोधन केन्द्र सहितको नमुना आधुनिक कृषि बजार परियोजना निर्माण गर्ने उल्लेख छ । मुख्य प्रशोधन केन्द्र सहितको आधुनिक कृषि बजार काठमाण्डौं उपत्यकामा र सहायक कृषि बजार हेटौंडा, चितवन, सिन्धुली, धादिङ, नुवाकोट, रामेछाप र काभ्रेमा स्थापना गर्ने समझदारी छ ।
कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेशसभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी लगायतको उपस्थिती रहेको थियो ।