Swornakshar Logo

डडेलधुरा बस दुर्घटना ,५ जनाको मृत्यु भएको पुष्टि

११ वैशाख। डडेलधुरा । डडेलधुराको गन्यापधुरा गाउँपालिका(१ साहुखर्कमा यात्रु बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले ६ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

ना ६ ख १८३१ नम्बरको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा ३ पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पुष्टि गरे ।

धनगढीबाट बझाङ जाँदै गरेको बस सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।