प्रधानमन्त्रीले सुन तस्करीको प्वाल बन्द गरिदिएका छौँ भनेको भोलिपल्टै रसुवागढी नाकाबाट ७ केजी सुन बरामद
बैशाख १०,रसुवा – चीनको केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा ७ केजी सुन फेला परेको छ । सुनसहित सवारी चालक रसुवाको नौकुण्ड गाउँपालिका–१ का शेर ग्याल्बो घले पनि पक्राउ परेका छन् ।
रसुवागढी नाका हुँदै ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको ७ केजी सुन विशेष सुराकीको आधारमा बरामद गरिएको टिमुरे प्रहरी चौकीका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताउनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घट्टेखोलाबाट सुन बरामद गरेको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्रै सुन तस्करीको सबै बाटाहरु बन्द गरेको दाबी गर्नुभएको थियो । ‘अब सुनको तस्करी चल्दैन, जिल्ला जिल्लामा जमिनमुनि गाडेको पनि खोतलेर निकालिन्छ’ भनेको भोलिपल्टै सुन तस्करी हुँदै गरेको अवस्थामा ठूलो परिमाणमा तस्करी हुँदै गरेको सुन बरामद भएको हो ।
प्रतिक्रिया दिनुहोस्: