Swornakshar Logo

कांग्रेस राजतन्त्र फर्काउँदै छः प्रधनमन्त्री केपी ओली

९ वैशाख । काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस राजतन्त्र फर्काउन लागेको बताए । ‘कांग्रेस हामीसँग मिल्दैन । राजतन्त्र फर्काउँछु भनेर हिँडेको छ । नेकपा स्थापनाको ७०औं वर्षगाँठ तथा पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेस प्रगतिशीलसँग मिल्दैन । प्रतिक्रियावादीसँग घाँटी जोडेर जान्छ । यसलाई कसरी लोकतन्त्रवादी भन्नु ?’

उनले भने, ‘कांग्रेस अहिलेसम्म पनि गल्ती सच्याउनुपर्छ भन्नेमा छैन । अझै कांग्रेस जन्मका आधारमा शासक गर्ने मानिसलाई नै खोज्दै हिँडेको छ । यो लोकतन्त्रका लागि पनि विडम्बना हो १’ ओलीले एकता कष्टले पूरा भएको र यसमा धेरैको योगदान रहेको बताए । त्यस्तै, उनले एकतामा प्रचण्डको महत्त्वपूर्ण योगदान भएको जानकारी दिए । कम्युनिस्ट आन्दोलन यहाँसम्म पुग्नमा पुष्पलालदेखि मदन भण्डारीको योगदान रहेको ओलीले बताए ।

विचारका आधारमा भन्दा स्वार्थका कारण कम्युनिस्ट पार्टी विभाजन भएको ओलीले बताए । उनले एमाले माओवादी विभाजन हुन्छ भन्ने ज्योतिषीले किन एकता हुन्छ भनेर थाहा पाएन भन्दै व्यंग्यसमेत गरे ।

ओलीले ज्योतिषशास्त्रभन्दा माक्र्सवाद धेरै माथि रहेकाले ज्योतिषहरुले पार्टी एकताबारे भविष्यवाणी गर्न नसकेको बताए । पार्टी एकता इतिहासबाट पाठ सिकेर भएको ओलीको तर्क थियो