Swornakshar Logo

नेपालबाट संसारभरीका कम्युनिष्टलाई नयाँ सन्देश दिन्छौःप्रचण्ड

९ वैशाख । काठमाडौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको महाधिवेशन एक वर्षमा हुने बताए । नेकपा स्थापनाको ७०औं वर्षगाँठ तथा पार्टी एकता घोषणाको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले ८ महिनामा सबै जनवर्गीय संगठन सम्मेलन सक्ने र एक वर्षमा पार्टीको महाधिवेशन गर्ने घोषणा गरे ।

उनले एमाले–माओवादीको एकता प्रतिक्रियावादीका लागि धक्का भएको बताए । उनले पार्टी एकता प्रक्रिया लम्बिनुमा जिल्ला कमिटीको एकतामा नै गाँठो परेको बताए । उनले भने जिल्लाको नेतृत्व चयनमा गाँठो परेकाले एकतामा ढिलो भएको हो ।

उनले देशमा राजनीतिक परिवर्तन भए पनि देशको मुहारमा परिवर्तन गर्न नसक्ने नेतृत्व क्रान्तिकारी हुन नसक्ने बताए । उनले भने, ‘जुन नेताले देशको मुहार परिवर्तन गर्छ, त्यही नेतृत्व क्रान्तिकारी हो ।’ उनले माक्र्सवाद जडतामा बुझ्न नहुने बताए । अहिले भएको पार्टी एकता व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेकाले सम्भव भएको दाबी गरे । प्रतिक्रियावादीले वर्गको होइन, गुटको पार्टी बनाउन खोजे पनि आफूहरुले त्यो स्वार्थ हुन नदिएको बताए ।

उनले माओवादी जनयुद्धमा पूर्ण सफल हुन नसक्नु र एमाले शान्ति प्रक्रियाबाट सफल हुन नसकेकाले एकता सम्भव भएको बताए । उनले अब नेपालबाट संसारभरका कम्युनिस्टलाई नयाँ सन्देश दिने बताए ।
उनले भने, ‘नेकपाले नयाँ तरिकाको सांस्कृतिक क्रान्ति गर्ने र त्यो चीनको सांस्कृतिक क्रान्तिभन्दा फकरक हुनेछ ।’