ताजा अपडेट
राजनीति

नेकपा सचिवालय बैठकको निर्णयः ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो

नेकपा सचिवालय बैठकको निर्णयः ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो
g]skfsf] ;lrjfno a}7s afn'jf6f/df ;f]daf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{sf] ;lrjfno a}7sdf k|wfgdGqL Pj+ g]skfsf cWoIf s]kL zdf{ cf]nL, k"j{ k|wfgdGqL Pj+ g]skfsf cWoIf k'iksdn bfxfn;lxt zLif{ g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

८ वैशाख । काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज आइतबार बसेको सचिवालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो ।

बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको छ । पोलिटब्युरो संरचना भने अर्को बैठकबाट गठन गर्ने तयारी गरिएको जनाइएको छ । जसमा केन्द्रीय सदस्यको एकतिहाई रहनेछ ।

बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी एकतालाई अन्तिम रुप दिन आइतबार साँझ सचिवालय बैठक बोलाइएको थियो ।

बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।

बैठकअघि बसेको शीर्ष नेताहरुको छलफलमा सोमबार नै एकता टुङ्ग्याउने गरी आइतबार दिनभर गृहकार्य गर्ने र बेलुका सचिवालय बैठक बोलाएर एकता प्रस्तावलाई अनुमोदन गर्न सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…