Swornakshar Logo

विप्लव नेकपाले जारी गर्यो विज्ञप्ती , विष्ट र अधिकारीलाई रिहाई नगरे कडा संघर्ष गर्ने

६ वैशाख । हेटौडा । बिहिबार मकवानपुरको पालुङ्मा भएको आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेकपाका २ जना नेता गिरफ्तार गरेको छ ।

गिरफ्तार परेका उनीहरुलाई रिहाई गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी अनुरागले विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा दुवैलाई तत्काल रिहाइको माग गरिएको छ ।

उनीहरुलाई विना कारण थुनामा राखिएको भन्दै तत्काल रिहाई नगरिए कडा संघर्षको कार्यक्रम घोषणा हुने विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीले हिजो थाहा नगरपालिका ४ बस्ने पृथ्वीराज अधिकारी र सौगात विष्टलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले भने उनीहरुलाई २५ दिन हिरासदमा राखेर अदालत पठाउने बताए।