Swornakshar Logo

भारतमा दोस्रो चरणको निर्वाचन हुँदै

बैशाख ५। नयाँदिल्ली — भारतमा जारी १७ औं लोकसभाअन्तर्गत बिहीबार दोस्रो चरणको निर्वाचन सुरु भएको छ । आज १२ वटा राज्यका ९५ लोकसभा क्षेत्रमा चुनाव हुँदैछ ।आजको चुनावमा पूर्व प्रधानमन्त्री एचडी देवगौडा, केन्द्रीय मन्त्रीहरु जुअल ओरमलगायतका १६ सय भन्दाबढी उम्मेद्वारको राजनीतिक दाउमा छ । ११ अप्रिलमा पहिलो चरणसँगै सुरु भएको चुनाव १९ मेमा सातौं चरणमा सम्पन्न हुने छ । २३ मेमा मतगणना हुने कार्यक्रम छ ।

दोस्रोचरण अन्तर्गत नै पश्चिम बंगालका नेपाली भाषीहरुको बहुल क्षेत्र दार्जिलिङमा पनि मतदान हुँदैछ । दार्जीलिङमा यसअघिका चुनावमा बेग्लै गोर्खाल्याण्ड राज्यको माग प्रमुख मुद्दा बन्ने गरेकोमा यसपटक भने जनजातिका मुद्दाले राजनीतिक दलहरुले प्राथमिकतामा राखेका छन् ।