पोखरामा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दा सेनाका नायक घाइते

पोखरा । प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन पोखराका विभिन्न ठाउँमा शंकास्पद वस्तु भेटिएको छ। पोखरास्थित नदीपुरस्थित प्रदेशसभा भवन नजिकै, लेखनाथस्थित सैनिक बस्तीमा, जिरो किलोमिटरलगायतका विभिन्न ठाउँहरूमा शंकादस्पद वस्तु भेटिएको हो ।
प्रदेशसभा भवन गेट अगाडि सडकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा एक घाइते भएका छन् । डिस्पोज गर्ने तयारी गर्दै गर्दा बारुद पड्किएर कालिभञ्जन गण रत्न मन्दिरका नायक धर्मबहादुर थापा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङका अनुसार थापाको हातका औंलाहरू चुँडिएका छन्। उनको बाँया हातको ५ वाटै औलामा चोट लागेको छ ।डिस्पोज गर्न डेटोनेटर झिक्ने क्रममा उनको हातमै पड्केर उनी घाइते भएका हुन । सैनिक बस्तीमा शंकादस्पद वस्तु भेटियो भन्ने खबर पाए पछि तत्कालै नेपाल प्रहरी र नेपाली सेनाको टोलि त्यस स्थानमा पुगेका थिए ।
पोखरा महानगरपालिका जिरो किलोमिटरमा पनि बिहानै शंकास्पद बस्तु फेला परेको र त्यसको डिस्पोज गरीएको जिल्ल प्रहरी कास्कीले जनाएको छ । थापाको उपचारको लागि सैनिक अस्पताल काठमाडौंको छाउनी लगिएको छ ।त्यस्तै रुपन्देहीका ३ ठाउँमा बिस्फोट, पाल्पाको रिब्दिकोट गाउपालिकाको कार्यालयमा बम बिस्फोट, भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार, कन्चन गाउँपालिका परिसरमा बम फेला परेको छ ।
विप्लवले बन्द आह्वान गरेका हुनाले विप्लव समूहले नै यस्तो गतिविधि गरेको हुन सक्ने प्रहरीको आशंका गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: