नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्कियो
बैशाख ५। मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । विमान अवतरण गर्ने बेलामा पाङग्रामा चरा ठोक्किएको हो ।वायुसेवा निगमको आरए ४१६ जहाजमा बिहीबार बिहान साढे नौं बजेतिर चरा ठोक्किँएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्र्रामा चरा ठोक्किए पनि कुनै क्षति नभएको कार्यालयले जानकारी दिएको छ । सबै यात्रु पनि सकुशल रहेका अवतरण गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: