Swornakshar Logo

हेटौंडाको तीनताप्केमा समेत शंकास्पद वस्तु भेटियो

५ बैशाख। हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ तीनताप्केमा प्रेसरकुकर बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको छ ।

तीनताप्केमा तार बाहिर निकालेर राखिएको अवस्थामा प्रेसरकुकर भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको जनाइएको छ । नेपाली सेनाको बम डिपोजल टोलीलाई घटनाबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।