Swornakshar Logo

मुख्यमन्त्री भट्ट बसेको स्टेज भाचियपछी

डडेल्धुराको अजयमेरु महोत्सवको उद्घघाटन कार्यक्रम सञ्चालन भईरहेको बेला स्टेज भाँचिएपछि ४ जना घाईते भएका छन् ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भईरहेका बेला स्टेज भाँचिएको हो ।

मुख्यमन्त्री भट्ट समेत स्टेजमै भएको समयमा स्टेज भाँचिएको हो। घटनामा मुख्यमन्त्री भट्ट भने सकुसल रहेका छन् । स्टेज भाँचिएपनि महोत्सवको उद्धघाटन भने सम्पन्न भएको छ ।

कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सव मार्फत गाउँपालिकाको पहिचान’ भन्ने मूल नाराका साथ गाउँपालिकाले महोत्सव आयोजना गरेको हो ।