Swornakshar Logo

चौधरी उद्योग परिसरमा बम बिस्फोट

४ बैशाख । नवलपरासी । नवलपरासीको देवचुलीमा रहेको चौधरी ग्रुपको उद्योग अगाडि बम विस्फोट भएको छ ।
विप्लव नेतृत्वको नेकपाले ५ बैशाखमा आव्हान गरेको बन्दलाई लक्षित बम बिष्फोट गराएको जनाएको छ ।

प्रहरीका अनुसार चौधरी ग्रुपको उद्योगको पूर्वतर्फको गेटदेखि १० मिटर दुरीमा विस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।

५ सय एमएलको बोतल भित्र बारुद राखेर कालो प्लाष्टिकले बेरेर राखेको वस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । यस अगाडि पनि उद्योग लक्षित बिस्फोट भएको थियो ।