Swornakshar Logo

लोकसेवालाई मुख्यमन्त्रीको पत्रः कर्मचारी भर्नामा हस्तक्षेप नगर्नू

३ बैशाख । काठमााडौं । प्रदेश २ सरकारले आफ्नो प्रदेशभित्रका लागि आवश्यक कर्मचारी भर्नाका लागि बिज्ञापन नगर्न केन्द्रीय लोकसेवा आयोगलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री लालवावु राउतले आज लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीलाई पत्र लेख्दै प्रदेश २ का लागि कर्मचारी भर्नाको बिज्ञापन नगर्न आग्रह गरेका हुन ।

प्रदेश र स्थानीय तहमा कर्मचारी भर्ना गर्ने अधिकार सम्वन्धित निकायमा रहेको तर्क गर्दै आयोगले प्रदेश २ आफै कानुन बनाएर भर्ना प्रक्रिया अघि वढाउन खोजिरहेको बताएका छन् ।

उनले प्रदेश लोकसेवा आयोग गठनका लागि चाहिने कानुन निर्माण अन्तिम चरणमा रहेको भन्दै आफ्नो प्रदेशमा भर्नाको बिज्ञापन नगर्न भनेका हुन । उनले पत्रमै कर्मचारी भर्ना गर्न पाउने अधिकार प्रदेश सरकारमा निहीत रहेकोले प्रदेशस्तर र स्थानीय तहमा कर्मचारी भर्ना नगर्न आग्रह गरेका हुन् ।

पत्रमा संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्थापन प्रदेश कानून बमोजिम हुने व्यवस्था रहेको र धारा २८५ को उपधारा ३ मा प्रदेश मन्त्रिपरिषद, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन संचालन आवश्यकता अनुसार कानून बमोजिम विभिन्न सरकारी सेवाहरूको गठन र संचालन गर्ने व्यवस्था रहेको उल्लेख गरेको भन्दै प्रदेश २ सो व्यवस्था अनुसार अघि बढ्ने स्मरण गराइएको छ ।