Swornakshar Logo

सरकारी जग्गा व्याक्तिका नाममा कुनैपनि हालतमा दर्ता हुदैनः मन्त्री पद्यमा अर्याल

२ बैशाख । स्याङजा । भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा कुनैपनि हालतमा दर्ता नहुने बताइन। स्याङ्जाको चापाकोटमा आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सर्वोच्च अदालतकै फैसला आएपनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता गर्न नसकिने बताइन ।
उनले त्यस्तो सपना नदेख्न समेत आग्रह गरीन । यदि कसैले त्यस्तो सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छु, मन्त्री अर्यालले चेतावनी दिइन। आफ्नो एउटै मात्र उद्देश्य मालपोत र नापी कार्यालयमा हुने गरेका बेथितिको अन्त्य गर्नु रहेको भन्दै उनले कुनैपनि बहानामा नअलझिने बताइन । यताउता केही गरेर प्रभावमा पार्ने सोचेको भए त्यो ठुलो भुल हुने मन्त्री अर्यालको भनार्इ थियो ।
जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताइन । उनले भनिन् ‘मन्त्रालयले मालपोत र नापी कार्यालयमा रहेका श्रेस्तालाई कप्युटर प्रणालीमा सुरक्षित राख्न कार्यालयमा रहेका पुराना कागजपत्रलाई स्क्यानिङ गर्ने काम भइरहेको छ ।’

अहिले चाहेजती काम अझै नभएपनि धेरै सुधार भएको बताइन। सबैभन्दा बढी भ्रष्टाचार शौचालयमा हुने गरेको मन्त्री अर्यालको भनाइ थियो । मालपोत र नापी कार्यालयको बेथिती रोक्नको लागि कार्यालयलाई व्यवस्थित गर्न जरुरी रहेको बताइन। ‘अब बन्ने कार्यालय सबै एकै ठाउँमा राखिने र एक ठाउँबाट अर्को ठाउँको काम देखिने खालको भयो भने जनतालाई दुःख पनि हुदैन र कोठै पिच्छे हुने ढिला सुस्ती र आनाकानीको पनि अन्त्य हुन्छ’, मन्त्री अर्यालले भने ।
मन्त्रालयले सहकारीको भित्रभित्रै अनुगमन गरेको र आगामी पाँच वर्ष भित्रमा सहकारीको संख्यालाई पचास प्रतिशतमा झार्ने उहाँले बताउनुभयो । सहकारी जुन उद्देश्यले खोलिएको हो सोही अनुसार काम गर्नुपर्ने भन्दै उहाँले खालि बचत र ऋण दिने कामले मात्रै नपुग्ने बताउनुभयो । अब सहकारीहरु उत्पादनसंगै जनताको सुख दुःखसंग सहकारी जोडिनुपर्ने भन्दै मन्त्री अर्यालले चापाकोटसंगै सिंगो जिल्लाको विकासका लागि आफु सधै लाग्ने बताउनुभयो । स्थानीय स्तरमा पनि विकासका काममा साझा सहमती गरेर काम गर्नुपर्ने भन्दै मन्त्री अर्यालले विकासमा राजनीति नगर्न समेत आग्रह गर्नुभयो