Swornakshar Logo

मकवानपुरे पत्रकार राष्ट्रपतिद्धारा विभुषित

पत्रकारिताको क्षेत्रबाट विभिन्न क्षेत्रमा योगदान पु¥याएको ठहर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार एक समारोहबीच कान्तिपुरकर्मी मकवानपुरे पत्रकार प्रताप विष्टलाई विभुषण प्रदान गरेकी छिन् ।

शितल निवासीमा आयोजित एक समारोहमा कान्तिपुर पब्लिकेशन्सका प्रदेश—३ का ब्युरो प्रमुख, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षसमेत रहेका विष्टलाई राष्ट्रपति भण्डारीले प्रवल जनसेवा श्री विभुषण प्रदान गरेकी हुन् ।

विष्टसँगै अन्य पत्रकारहरुले मानपदवी र विभुषण पाएका छन् । मानपदवी र विभुषण पाउने संचारकर्मीहरुमा शम्भु श्रेष्ठ, निर्मला शर्मा, तीर्थ कोइराला, गोपाल वुढाथोकी, गणेश पाण्डे, उजिर मगर, पुण्य पौडेललगायत रहेका छन ।

नेपाल राष्ट्रको गौरब र नेपाली जनताको हित अभिवृद्धिमा योगदान पु¥याएको भन्दै विभिन्न क्षेत्रका ३ सय ४२ जना व्यक्तित्वहरुलाई मानपदवी र विभुषण प्रदान गरिएको थियो ।संविधान दिवसको अवसरमा अर्थात असोज ३ गते घोषणा गरेको मानपदवी र विभुषण आइतवार प्रदान गरेको हो । मानपदवी र विभुषण प्रदान गर्ने समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी ओली, विभुषण समितिका संयोजक एव रक्षान्त्री ईश्वर पोखरललगायतको उपस्थिती रहेको थियो ।