ताजा अपडेट
समाचार

दुई प्रदेशका चार जिल्लालाई केन्द्र बनाएर वागमती गाउँपालिकामा मोटरबोटको सफल परिक्षण

दुई प्रदेशका चार जिल्लालाई केन्द्र बनाएर वागमती गाउँपालिकामा  मोटरबोटको सफल परिक्षण

पुर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नंबर २ बाट रौतहटको क्यान्टीनसम्म सञ्चालन हुने मोटरबोटको आज परिक्षण गरिएको छ ।
प्रतिनिभिसभा सांसद कृष्णप्रसाद दाहालले आज मोटरबोट परिक्षणको शुभारम्भ गरेका हुन् । आज सफल परिक्षण भएको मोटरबोट अब केहि दिनमानै नियमति गर्ने तयारी गरिएको छ ।

राईगाउँबाट क्यान्टिनसम्म जानको लागि मोटरबोटबाट सहज हुने र सामन ओसारपसारको लागि समेत सहज हुने भएपछि स्थानीयहरु खुसी भएका छन् ।
प्रतिनिधिसभा सांसद तथा अर्थ समिति सभापति दाहालले यो वर्षको बजेटबाट मोटरबोटको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रदेशसभा सांसद प्रेमबहादुर पुलामी, वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, बकैया गाउँपालिका उपाध्यक्ष सरला वोलखे लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…