Swornakshar Logo

दुई प्रदेशका चार जिल्लालाई केन्द्र बनाएर वागमती गाउँपालिकामा मोटरबोटको सफल परिक्षण

पुर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नंबर २ बाट रौतहटको क्यान्टीनसम्म सञ्चालन हुने मोटरबोटको आज परिक्षण गरिएको छ ।
प्रतिनिभिसभा सांसद कृष्णप्रसाद दाहालले आज मोटरबोट परिक्षणको शुभारम्भ गरेका हुन् । आज सफल परिक्षण भएको मोटरबोट अब केहि दिनमानै नियमति गर्ने तयारी गरिएको छ ।

राईगाउँबाट क्यान्टिनसम्म जानको लागि मोटरबोटबाट सहज हुने र सामन ओसारपसारको लागि समेत सहज हुने भएपछि स्थानीयहरु खुसी भएका छन् ।
प्रतिनिधिसभा सांसद तथा अर्थ समिति सभापति दाहालले यो वर्षको बजेटबाट मोटरबोटको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रदेशसभा सांसद प्रेमबहादुर पुलामी, वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, बकैया गाउँपालिका उपाध्यक्ष सरला वोलखे लगाएतको उपस्थिती रहेको थियो ।