Swornakshar Logo

मिल्न नसकेको नेपाली कांग्रेस

खबरसाईड टीम
१ बैशाख । काठमडौं । नेपाली कांग्रेले यो वर्ष महासमितिको बैठक गर्यो । सम्मेलन २९ मंसिरबाट सुरु भएको थियो । बैठकमा झन्डै १६ सय प्रतिनिधिले भाग लिएका थिए ।

बैठकमा पाँच विषयका दस्तावेज पेस भएका थिए । बैठक ८ पुसमा सकिएको थियो । बैठकले विधान संशोधन विधेयक सर्वसम्मतिले पास गरेको थियो ।

नेताहरूले यो बैठकबाट एक भएको सन्देश दिएका थिए । बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अब कुनै किसिमको गुट र झगडा नरहेको बताएका थिए । एकताका साथ देशव्यापी अभियान चलाउने बताएका थिए ।

बैठकले महामन्त्री शशांक कोइरालाको राजनीतिक, आर्थिक र सांगठनिक प्रस्ताव पास गरेको थियो । त्यस्तै, कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवेदन सर्वसम्मतिले पास भएको थियो ।
महासमिति बैठकमा विवाद हुँदा लम्बिएको थियो ।

देउवा पौडेलको डिप लभ
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेको अचानक सम्बन्ध सुधार भएको चर्चा गरियो । यो सम्बन्ध सुधारलाई दुवै नेताले ‘डिप लभ’ भनेका थिए । तर ‘डिप लभ’ धेरै टिकेन ।

२४ कात्तिकमा प्रजातान्त्रिक विचार समाजले सुवर्णशमशेर राणाको ४१ औं स्मृति दिवसमा एउटै मञ्चमा बसेका देउवा र पौडेलले एक अर्काको खुलेर आलोचना गरे । पौडेलले नेतृत्वले मुलुकको वर्तमान अवस्थाको आँकलन गर्न नसकेको भन्दै आलोचना गरे ।

देउवाले पार्टीभित्र अहिले मेलमिलापको खाँचो रहेको बताए । उनले पनि पौडेलले आफूलाई सहयोग नगर्दा कांग्रेस कमजोर भएको घुमाउरो पारामा बताए ।

गुटका बैठक
कांग्रेसमा सबैभन्दा बढी गुटहरू सक्रिय भए । देउवा गुट, पौडेल गुट, कृष्ण सिटौला गुट, प्रकाशका सिंह गुट र कोइराला गुट सक्रिय भए । सबै गुटहरूले आआफ्ना बैठक बोलाए । मिलेर जानुभन्दा पनि आफूहरू शक्तिमा उदाउने दाउमा जुटे ।

काठमाडौंमा सभापतिको भेला
पार्टीका असन्तुष्ट ५१ जना सभापतिको भेला काठमाडौंमा भयो । यसमा देउवा पक्षका सभापतिहरू भने उपस्थिति भएनन् । सभापतिहरूले पार्टीको आन्तरिक राजनीति र सभापतिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

सभापतिहरूले विशेष महाधिवेशन बोलाउन पनि चेतावनी दिएका छन् । महासमितिले दिएको सुझावविपरीत केन्द्रीय समितिले पार्टीको विधान पारित गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

२८ चैतबाट कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको भेला पोखरामा सुरु भएको छ । भेला संगठनको सुदृढीकरणमा केन्द्रित थियो । उद्घाटन सत्रलाई शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए ।

पार्टीलाई चलायमान र सुदृढ बनाउने यो भेलाको उद्देश्य रहेको थियो । गुट उपगुट अन्त्य गर्ने भनिएको थियो । पार्टीलाई सहयोग गर्ने सम्मेलनको उद्देश्य रहेको थियो ।