Swornakshar Logo

मकवानपूर जील्लामा स्थानीय तहको यस वर्षको बजेट खर्च विवरण

हेटौंडा । मकवानपुर जिल्लाका स्थानीय तहहरुको यस आर्थिक बर्षको दोश्रो चौमासिक सम्ममा औषतमा करीब ४२ प्रतिसत बजेट खर्च भएको पाइएको छ ।
हरेक स्थानिय तहमा खर्च भएको वजेटको अनुपात फरक रहेको छ । स्थानिय तहहरु मध्ये सबै भन्दा धेरै हेटौडा उपमहानगरपालिकामा ६५ प्रतिशत र थोरै इन्द्रसरोबरमा १४ प्रतिशत बजेट खर्च भएको छ । थाहा नगरपालिकामा ५२ प्रतिशत, भिमफेदी गाँउपालिकामा ४३ प्रतिशत,मनहरी ३८ प्रतिशत,मकवानपुर गढी ३८ प्रतिशत, बकैयामा ३३ प्रतिशत बजेट खर्च भएको तथ्याङकले देखाएको छ । यस्तै राक्सीराङ गाँउपालिकामा ३० प्रतिशत र कैलास गाँउपालिकामा १५ प्रतिशत रकम खर्च भएको छ । कम बजेट खर्च भएका गाँउपालिकाले कर्मचारीको अभाब,भौगोलीक बिकटता जस्ता कारण देखाएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरले गरेको अनुगमनको क्रममा सबै भन्दा मुख्य समस्या कर्मचारीको अभाब रहेको पाइएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघु नाथ खुलालले बताए । यस्तै अनुगमनको क्रममा गाँउपालिकाहरुमा टुक्रे योजना,सिमा बिबाद,भौतिक पुर्बाधारको बिकासमा जोड,खानि उत्खननको समस्या जस्ता समस्या देखिएको पनि खुलालले बताए । अनुगमनको क्रममा जिल्ला समन्वय समिति मकवानपुरको तर्फबाट अपनत्व ग्रहण गर्नु पर्ने,दिर्घकालिन योजना बनाउनु पर्ने जस्ता सुझाब दिइएको पनि खुलालको भनाइ छ ।
मकवानपुर जिल्लामा रहेका जनप्रतिनिधिहरु केहि काम गर्नु पर्छ भन्ने सोचका साथ अगाडी बढेको,बिकासको स्वरुप तयार पारेर अगाडी बढेकाले यसले सकारात्मक सन्देस दिएको समेत उनले बताए ।