Swornakshar Logo

टेलिकमले ल्यायो नयाँ वर्ष अफर २०० रुपैयाँमा ३ जिबी डाटा, २ सय एसएमएस, २ सय मिनेट कल

नेपाल टेलिकमले नयाँ वर्ष २०७६ लाइ लक्षित गरी नयाँ अफर ल्याएको छ । सो नयाँ स्किमअन्तरगत टेलिकमका ग्राहकले २ सय रुपैयाँको एउटा प्याक किन्दा ३ जिबी डाटा चलाउन मिल्ने सुविधा छ ।

यसैगरी सो प्याकमा टेलिकमकै नेटवर्कभित्र २ सय मिनेटसम्मको भ्वाइस कल तथा २ सय वटा एसएमएस पठाउन सकिने सुविधा प्रदान गरेको छ ।

प्याक ०७५ चैत ३० गते शनिबारदेखि एक्टिभ भएर ०७६ बैशाख २ गते सम्म खरिद गर्न मिल्नेछ । यसरी खरिद गरिएको प्याक ५ दिनभित्रमा प्रयोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ ।