Swornakshar Logo

सचिवको कार्यकक्षमा मन्त्री दुलालले लगाईदिए ताला

सचिवले काम नगरेको भन्दै सचिव लोकनाथ पौड्याललाई स्पष्टिकरण सोधेको र अघिल्लो मितिमा फाइल सदर लगायतका काम नगरुन् भनेर आफूले ताला लगाएको मन्त्री दुलालले खबर्साइडलाई बताएका छन् ।समयमा काम नगरेको भन्दै मन्त्री दुलाल सचिव पौड्यालसँग रिसाएका थिए । जतिभन्दा पनि कामै गर्न नमानेपछि उनलाई स्पष्टिकरण सोधिएको मन्त्रालय स्रोतले जनाएको छ । स्पष्टिकरण पेश गर्न भनिएको छ, मन्त्रालयले भन्यो ।

 

लामो समयदेखि फाइलहरु स्वीकृत नगरी चाङ लगाएर राखेकोमा मन्त्री असन्तुष्ट बनेका छन् । चाङ लगाएर राखिएका फाइलहरु त्यतिकै छन्, जिम्मेवार भएर काम गर्नुपर्यो नि उनले काम गर्ने छाँटकाँट नै देखाएनन्, त्यसैले कार्यकक्षमा ताला लगाइदिइएको हो । स्पष्टिकरण सोधेपछि अघि कै मितिमा भटाभट स्वीकृत गर्ने अवस्था देखेर मन्त्रीज्युले ताला लगाइदिनु भएको हो, मन्त्रालयका एक कर्मचारीले भने ।

सचिव लोकनाथ पौड्यालले भने आफू १० दिनको घर विदामा बसेको बताए । १० दिनको घर विदा स्वीकृत गराएर बसेको हुँ, अरु मलाई केही थाहा छैन, उनले भने ।
मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुवेदीले सचिव पौड्याल घर विदामा रहनु भएको बताए । उहाँ घरविदा स्वीकृत गरेर बस्नु भएको छ, उनले भने ।