ट्याक्सी भाडा बढाउन सरकारसँग व्यवासयाीको माग
ट्याक्सी व्यवसायीहरुले तत्काल टयाक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजले तत्काल टयाक्सी भाडा वृद्धि गर्न माग गर्दै यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहाललाई मंगलबार ज्ञापन पत्र बुझाएका हुन ।
मिनभवनस्थित विभागको कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा बजार भाउलाई मुल्यांकन गरेर टयाक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरिएको छ । यता, विभागमा महानिर्देशक दाहालले भने एक हप्ताभित्र टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्न आफूले प्राविधिक समिति नै गठन गर्ने पनि बताउनुभयो । सरोकारवाला निकायसँग छलफल गरेर टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्न आफू लागि पर्ने महानिर्देशक दाहालको भनाइ छ ।
टयाक्सी व्यवसायीहरुले बजारमा सबै बस्तुको मूल्य बढदा पनि टयाक्सीको भाडादर वृद्धि नहुँदा आफूहरु मारमा परेको गुनासो गर्दै आएका छन । उनीहरुले टयाक्सी पार्किङको उचित व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छ्न् ।
प्रतिक्रिया दिनुहोस्: