Swornakshar Logo

पार्टीमा प्रवेश गराउदै विप्लवका कार्यकर्तालाई प्रचण्डले भने, ‘डर नमान्नुस्, तपाईंहरुको भविष्य उज्ज्वल छ’

२६ चैत । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका एक दर्जन बढि कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

आफ्नो नीजि निवास खुमलटारमा एक कार्यक्रमकाबीच प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले उनीहरुलाई डर नमान्न समेत आग्रह गरेका छन् ।

समयमै नेताहरुले बुद्धि पुर्याएको भन्दै प्रचण्डले क्षमता, सक्रियताको आधारमा पार्टीमा जिम्मेवारी दिने कुरामा कुनै कमी नहुने समेत प्रष्ट पारेका छन् ।

प्रचण्डले भने– ‘चिन्ता नलिनुस्, तपाईंहरुको राजनीतिक भविष्य उज्जवल छ ।’