ताजा अपडेट
समाचार

हेटौंडा उपमहानगरपालिकाले शव जलाउने मेसिन किन्दै

हेटौंडा उपमहानगरपालिकाले शव जलाउने मेसिन किन्दै

मृत शरिरलाई खोलामा लगेर जलाउनु पर्ने झन्झटबाट मुक्त गराउनका लागि हेटौंडा उपमहानगरपालिकाले सब जलाउने मेसिन खरिद गर्ने निणय गरेको छ ।

काठमाण्डौको पशुपति आर्यघाटमा सब जलाउने मेसिन मार्फत मृतकको शव जलाउने गरिन्छ । तर अब हेटौंडाको राप्ती खोलामा पनि दाउरा, मुडा बालेर शव जलाउने गर्दा जताततै प्रदुषण भएपछि आधुनिक तरिकाले शव जलाउनका लागि मेसिन खरिद गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।

नेपालमा यस्तो मेसिन नपाउने हुँदा खरिद प्रकृया निकै झन्झटिलो रहेको प्रमुख महतले बताए । उपमहानगरपालिकाको चौथो नगरसभा बैठकले सब जलाउने मेसिन खरिद गर्ने निणय गरेको हो । यो मेसिन खरिद गर्न ९० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । नगरसभाको बैठकले सब जलाउने मेसिन खरिद गर्नका लागि यो रकम छुट्याएको हो ।

त्यसैगरी हेटौंडाबाट संकलित फोहोर जलाउन मेसिन खरिद गरिने भएको छ । फोहोरका कारण दुर्गन्ध बढ्ने र रोग समेत फैलिने भएकाले स्वास्थ्य सुरक्षाको लागि फोहोर जलाउने मेसिन खरिद गर्ने गरी नगरसभाबाट निर्णय गरिएको प्रमुख महतले जानकारी दिए । यसका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यो मेसिन पनि नेपालमा नपाउने हुनाले भारतबाट खरिद गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…