Swornakshar Logo

पर्यटन विकासमा प्रदेश नंबर ३ सबै भन्दा अगाडि हुने

नेपालको पर्यटन विकासमा प्रदेश नंबर ३ ले अग्रणी भूमिका निर्वाह गर्ने पर्यटन विकास आयोजना प्रदेश नंबर ३ का प्रमुख राजु क्षेत्रीले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कले आज न्युज क्लब नेपालमा आयोजना भएको कार्यक्रममा बोल्दै आयोजना प्रमुख क्षेत्रीले आफुहरुले प्रदेश तहमा पर्यटन प्रर्वद्धन तथा विकासको लागि योजना निर्माण गरेर कार्य गरेको बताए ।

प्रदेश तीनको पर्यटन विकासको लागि योजना बनाएर काम सुरु गरिसकेको भन्दै उनले यो वर्षका १ अर्ब बजेट यो आर्थिक वर्षमा विनियोजन भएको र ११ करोड खर्च भैसकेको बताए ।
प्रदेश तीनको पर्यटन विकासको लागि गुरुयोजना निर्माणको काम भैरहेको समेत क्षेत्रीको भनाई रहेको छ।