Swornakshar Logo

पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि डीपीआर तयार

सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्व(पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि डीपीआर तयार भैसकेको जानकारी दिनु भएको हो । सोमबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले झण्डै १ हजार किलोमिटर लम्बाइ रहेको त्यस रेलमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षको साउन महिनाबाटै सुरु गर्ने योजना पनि अघि सार्नुभयो ।

मन्त्री महासेठले सरकारले एक वर्षे कार्यकालमा विकास निर्माणको काममा उल्लेख्य प्रगति गरेको दाबी पनि गर्नुभयो ।