Swornakshar Logo

राप्रपा अध्यक्ष कमल थापा गिरफ्तार

हिन्दु धर्म र राज संस्थाको पुर्नस्थापनाको माग राख्दै आन्दोलनमा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई प्रहरीले गिरफ्तार गरेको छ । पुर्वघोषित आन्दोलनको क्रममा राप्रपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि पुतली सडकबाट अध्यक्ष थापालाई प्रहरीले गिरफ्तार गरेको हो ।

राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले घोषणा गरेको निषेधित क्षेत्र प्रदर्शनकारीहरुले तोड्न खोजे पछि राप्रपा अध्यक्ष कमल थापा सहित राप्रपाका अन्य कार्यकताहरु प्नहरीले पक्राउ गरेको हो। थापालाई प्रहरीले केही समय नियन्त्रणमा राखेर रिहा गरेको छ ।