Swornakshar Logo

मुलुकमा पुनः लोडसेडिङ गराउने खेल सुरु भयो कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफुले घुस लिएको भन्ने आरोप निराधार भएको बताउनु भएको छ । उहाँले नियोजितरुपमा मुलुकलाई लोडसेडिङको युगमा फर्काउने खेल सुरु भएको भन्दै आफुमाथिको आरोप त्यही खेल खेल्नेहरुको दिमागको उपज भएको बताउनुभयो ।

सोमबार नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले आफुमाथि ६० लाख घुस खाएको आरोप लगाउनेहरुलाई नै त्यस्को पुष्टि गरेर देखाउन चुनौती दिनुभयो । उहाँले प्राधिकरणको उज्यालो नेपाल अभियानमा केही व्यक्तिहरु अवरोध सिर्जना गर्न उद्दत रहेको आरोप लगाउनु भयो ।

विगतमा प्राधिकरणलाई डुबाएकाहरुको अहिले पनि मुलुकलाई अध्याँरोमा राख्दा नै आफ्नो स्वार्थ पूरा हुने कुत्सित मनशाय प्रष्ट देखिएको भन्दै उहाँले लोडसेडिङ पुनः गराउन उनीहरुले केही सञ्चार माध्यम र व्यक्तिहरुलाई प्रयोग गरिरहेको जिकिर गर्नुभयो ।