Swornakshar Logo

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य अदालत परिसरबाटै पक्राउ

२४ चैत । काठमाडौ । विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्की जीवन्त पुनः पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ गरी हिरासतमा राखेका कार्कीलाई ललितपुर जिल्ला अदालतले थुनामुक्त गर्न आदेश दिए लगत्तै प्रहरीले उनलाई पुनः पक्राउ गरेको हो ।

आइतबार अदालतले थुनामुक्त गर्न आदेश दिएपछि प्रहरीले अदालत परिसरबाटै उनलाई पुनः पक्राउ गरेको हो ।

कार्कीलाई अदालत परिसरबाट पुनः गिरफ्तार गरी हिरासतमा लिइएको काठमाडौ प्रहरी परिसरका एसएसपी बसन्त लामाले जानकारी दिए ।

कार्कीलाई ललितपुर प्रहरीले गत २ चैतमा उनकै डेराबाट गिरफ्तार गरेको थियो । परिवारका सदस्यले अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै जिल्ला अदालतले कार्कीलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

कार्कीलाई हातहतियार तथा खरखजाना मुद्धामा संखुवासभामा जिल्ला अदालतमा पेश गर्ने प्रहरीको तयारी छ ।