Bagmati Samachar Logo

बारा र पर्साका हावाहुरी पीडितका लागि कर्णाली प्रदेशले १ करोड दिने

२३ चैत । सुर्खेत । कर्णाली प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावित पीडितलाई एक करोड सहयोग गर्ने भएको छ ।

शनिबार बसेको मन्त्रीपरिषदको बैठकले राहत स्वरुप एक करोड दिने निर्णय गरेको हो । गएको आइतबार आएको बार र पर्साका हावाहुरीका कारण प्रभावित पीडितका लागि सरकारले राहत दिने निर्णय गरेको हो ।

सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशको तर्फबाट राहत स्वरुप एक करोड दिने निर्णय गरेको बताए । ‘आज मन्त्रीपरिषदको बैठक बसेर हामीले १ करोड दिने निर्णय गरेका छौँ ’ उनले भन ‘यसमा होवाहुरी प्रभावितका लागि थोरै भएपनि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

यस अघि नेपाली कांग्रेसका सांसदहरुले आफ्नो तबल दिएका थिए । संसदीय दलका नेता जीवनबहादुर शाहीले ७ दिनको र अन्य सांसदहरुले चारचार दिनको तलब दिएका हुन् ।

यस्तै शनिबार नै बसेको मन्त्रीपरिषद बैठकले कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । ५० शैयाको अस्पतालाई शिक्षण अभ्यासहितको तीन सय शैयामा स्तरोन्नति गर्ने निर्णय भएको हो ।
विकासमन्त्री दल रावलले प्रदेशकै सुविधासम्पन्न अस्पतालका रुपमा विकास गर्न लागेको बताए
। यसका लागि मन्त्रालयले ५० करोड बजेटको व्यवस्थापन गरेको छ ।

‘शिक्षण अस्पतालसहितको तीनसय शैयाको अस्पताल बनाउनका लागि निर्णय गरेका छौँ । यसका लागि आवश्यक प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ’ उनले भने, ‘हामीले कर्णँलीका नागरिकलाई बाहिर जानुनपर्ने गरी सुविधासम्पन्न अस्पतालका रुपमा विकास गछौँ ।’