Swornakshar Logo

काङ्ग्रेस सांसदले दुई दिनको पारिश्रमिक दिने

१८ चैत । काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संघीय सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप दुई दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।
आइतबार राति बारा, पर्सालगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त सहयोग गर्ने निर्णय गरिएको काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
सो विपद्मा २९ जनाभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् ।