Swornakshar Logo

एनआरएनएले १० अर्ब रुपैयाँको कोष बनाएर नेपालमा लगानी गर्ने

१६ चैत । काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँको कोष बनाएर पूर्वाधार विकासमा लगानी गर्ने भएको छ ।

हिजोदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनमा नेपाल सरकार तथा एनआरएनएबीच सो सम्झौता भएको हो ।

विभिन्न देशमा रहेका नेपालीहरुले पुँजी संकलन गरेर लगनी गर्नका लागि कोष बनाउने र उक्त कोषमा जम्मा भएको पूँजी नेपालको पूर्वाधार विकासमा खर्च गर्ने एनआरएनका अध्यक्ष भवन भट्टले बताए ।
एनआरएनले म्युचुअल फण्ड, भेञ्चर क्यापिटल, इन्भेष्टमेन्ट कम्पनीलगायतको मोडालिटीमा १० अर्ब पुँजी भएको कोष स्थापना गरेर नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न लागेको हो ।