Swornakshar Logo

जबरजस्ती करणी र ठगी धन्दामा संलग्न पक्राउ

१५ चैत । दाङ । आफूलाई पत्रकार बताउँदै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ११ निवासी महेश भनिने भुवन धिताललाई प्रहरीले आज सार्वजनिक गरेको हो । आफू पत्रकार भएको भन्दै महिलामाथि शारीरिक शोषण समेत गरेको प्रहरीले जानकारी दिएको छ ।

उनले एकल महिला, श्रीमान विदेश गएका तथा अशिक्षित महिलालाई सामूहिकरुपमा पैसा उठाउन लगाई ढुकुटी मार्फत लाखौ रुपैया ठगी गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रहरीले धितालका साथमा ८२ थान चेक, १ करोड उनन्सत्तरी लाख बराबरको चेक रकम, मोबाइ २ थान, बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी तथा भे ८ प ३९५५ नम्करको होण्डा स्कुटी पनि बरामद गरेको छ । आफ्नो पहुँच माथिल्लो निकायसँग भएको बताउदै ३६ प्रतिशत व्याज दिने भनी आम सर्वसाधरणसँग लाखौ रुपैया उठाएर ठगी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

विगतमा बैदेशिक रोजगारीमा समेत गएका धिताल विरुद्ध जवरजस्ती करणी गरेको समेत उजुरी परेको छ । पक्राउ परेका धितालबाट स्रोत नखुलेका थुप्रै चेक तथा रकम बरामद भएकोले उनको आर्थिक स्रोत र हालको सम्पत्तीको अनुसन्धानका लागि सम्पत्ती सुद्धिढीकरण विभागलाई पठाइने प्रहरीले जानकारी दिएको छ ।