Swornakshar Logo

विप्लवको पार्टी कार्यालयमा चलायो डोजर

१५ चैत । काठमाडौ । विगत १३ बर्षदेखि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नियन्त्रणमा रहेको बुटवलको पाल्पारोडस्थित ‘रातो घर’मा प्रहरीले डोजर चलाएको छ । राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर उक्त भवनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीकार्यालय बनाएको छ ।

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले गत ८ गते सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएका थिए । ‘रातो घर’का रुपमा चिनिने सो दुईतले घर अहिले प्रहरीले डोजर प्रयोग गरेर भत्काइरहेको छ । शुक्रबार आज साँझसम्म भवन पुर्णरुपमा भत्काइसकिने प्रहरीले जानकारी दिएको छ । तत्कालीन नेकपा माओवादीको कार्यालय रहेको सो भवन केही समय वैद्य नेतृत्वको माओवादीको हकमा समेत प्रयोग भएको थियो ।