Swornakshar Logo

विप्लवका कार्यकर्ता खोज्दा १६ ग्राम खैरो हेरोइन पक्राउ

राजधानीको नयाँ बसपार्कबाट १६ ग्राम खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कोहलपुर निवासी रमेश वस्नेत र शेरसिंंह रोकाया रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई नियन्त्रण गर्न तथा सामाजिक विकृति, विसंगति र गुण्डागर्दी लगायत अन्य अपराधिक घटनाहरु नियन्त्रण गर्न प्रहरीले आकस्मिक कर्डन एण्ड बिशेष सर्च अप्रेशन अभियान सञ्चालन गरेको छ । सोही क्रममा प्रहरीले १६ ग्राम खैरो हिरोइनसहित वस्ती र रोकायालाई पक्राउ गरेको छ।

यस्तै प्रहरीले वालाजुवाट १ थान खुकुरी, फलामको रड र १३९ थान डाईजापाम, फेनारगन, नरफिन सहीत सन्तोष तामाङ र अभयलाई पक्राउ गरेको छ ।