Swornakshar Logo

यस्तो छ राजधानी ‘सफाचट’ पार्ने ब्रुमर

१२ चैत । काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीलाई धूलोमुक्त बनाउने उद्देश्यले ५ वटा ब्रुमर भित्र्याएको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गरेका हुन् । महानगरपालिकाले ११ करोड ८० लाखमा इटालीबाट खरिद गरेर ब्रुमर ल्याएको हो ।
महानगरका अनुसार आफ्नो क्षेत्राधिकारभित्र पर्ने ८ मिटरभन्दा कम चौडाका सडक सफा गरिनेछ
। सडक विभागसँगको समन्वयमा मुख्य सडकमा समेत ब्रुमर सञ्चालन हुनेछन् ।

सुन्धारा, टुँडीखेलआसपास, दरबारमार्ग, कलंकी, बल्खु, कालीमाटी, टेकु,थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट, पुतलीसडक, सिंहदरबार, हात्तीसार, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, त्रिपुरेश्वर, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर,सीनामंगललगायतका स्थानमा ब्रुमर सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

ब्रुमर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानपरका प्रमुख विद्या सुन्दर शाक्यले सडक सफा पार्ने ब्रुमर ल्याउँनको लागि महानगरपालिकाले दुई वर्ष पहिलानै योजना अगाडि बढाए पनि विभिन्न कारणले गर्दा ढिला भएको बताए ।