Swornakshar Logo

विप्लव नेतृत्वको तमुवान संयोजक पोखराबाट गिरफ्तार

१२ चैत । काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता किसानसिंह तमु (गुरुङ) लाई प्रहरीले गिरफ्तार गरेको छ । गुरुङ तमुवान संयोजक हुन ।

मंगलबार पोखराको लेखनाथस्थित आफ्नै डेराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गुरुङको डेरा लेखनाथस्थित शिशुवा भन्ने ठाउँमा हो ।

हाल गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ । विप्लवका आधा दर्जनभन्दा बढि केन्द्रीय स्तरका नेताहरु प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरेको छ ।