Swornakshar Logo

सुदर्शनको गिरफ्तारीले के होला विप्लव नेकपाको भावि रणनीति

९ चैत । काठमाडौ । शुक्रबार राति मात्रै विप्लव समूहका तेस्रो बरियताका नेता हेमन्त प्रकाश वली सुदर्शनसहित ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । एक साताअघि देखि नै सुदर्शन काभ्रेमा भएको सुइको पाएको सुरक्षा निकायले लामो सर्च अभियान चलाएको थियो । फलतः प्रहरीले मध्यकमाण्ड इन्चार्जसमेत रहेका वलीसहित उनको टोलीलाई नै नियन्त्रणमा लिन सफल भएको छ । सुदर्शनलाई खोज्न सर्च अभियान चलाएको प्रहरीले केही दिनअघि उनका सहयोगीसहित ४ जना कार्यकर्ता पक्राउ गरिसकेको थियो ।

सरकारले प्रतिबन्ध लगाइसकेको विप्लव नेकपाका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्न प्रहरी युनिट परिचालन भएका छन् । तर, सुदर्शनको प्रकाउले सरकारले भेटेपछि मात्रै हैन खोजीखोजी, लखेटी लखेटी विप्लवका नेता र कार्यकर्तालाई पक्राउ गर्ने नीति लिएको प्रष्ट भएको छ । सुदर्शनसहितका नेता कार्यकर्ताहरुलाई पनि लामो समय लगाएर लखेटेरै पक्राउ गरिएको छ ।

पहिलो चरणमा चस्मा र इावेटिजको औषधि नै छोडेर फुत्किएका सुदर्शनलाई प्रहरीले पक्राउ परेका उनका सहयोगीकै सहायताले पक्राउ गरेको बुझिन्छ । उनी भाग्दै गए प्रहरीले लखेट्दै गयो । अन्ततः समात्न सफल भयो । त्यस अगाडि कार्यकर्ता पक्राउ गर्न प्रहरीले ४ राउण्ड फाइरिङ नै गरेको थियो । यद्यपि, प्रहरीले त्यसलाई जवाफी फाइरिङ भनेको छ । तर, हाल पक्राउ परेका नेता सुदर्शनले नै विज्ञप्ति निकालेर आफ्ना कार्यकर्ताहरु निसशस्त्र भएको बताए काथिए ।

सुदर्शनको पक्राउले विप्लवप्रति सरकार निर्ममरुपमा प्रस्तुत भएको अझै प्रस्ट भइसकेको छ । सम्भवतः हाल पक्राउ भएका नेता कार्यकर्ताहरुलाई जेल हालिने छ । उनीहरुलाई नख्खु बम विस्फोटमा संलग्न भनिएको छ, जुन विष्फोटमा एकजनाको मृत्यु भएको थियो । सोहीअनुसार मुद्दामा उनीहरु जेल जान सक्छ । सरकारले विप्लवको शक्ति कमजोर पार्न विभिन्न मुद्दा लगाएर धेरै वर्ष जेल हाल्ने प्रयत्न गर्ने छ ।

विप्लवका योजना खुल्लान त ?

सुदशर्नलाई पक्राउ गर्न प्रहरीको ठूलो सफलता हो । पहिलो त उनी तेस्रो बरियताका नेता हुन् । यसले गर्दा विप्लवलाई केही कमजोर बनाउँछ नै । त्यो भन्दा पनि प्रतिबन्ध लागेपछि यति ठूलो बरियताका नेता पक्राउ पर्नुले अव विप्लवका पछिल्ला योजना खुल्न सक्ने सम्भावना हुन्छ । प्रहरीको अबको प्रयन्त त्यही हुन सक्छ ।

यातना दिएर हुन्छ या कसरी हुन्छ प्रहरीले उनीबाट योजना फुत्क्याउन सक्छ । सम्भवः त केही दस्तावेज र अन्य कागजात पनि बरामद गरेको हुनसक्छ । बरामद नभएको भए पनि पक्राउ परेकाहरुको सहायताले ती डकुमेन्टहरु बरामद गर्न सक्छ । किन भने योजना चुहिए भने सरकारलाई विप्लवलाई कमजोर बनाउने रणनीति तयार गर्न सजिलो हुनेछ ।

सुदर्शन पक्राउःसरकार र विप्लवको रणनीति

आम जनमानसमा अब २ वटा जिज्ञासा छन् । मध्यकमाण्ड इन्चार्ज सुदर्शन नै पक्राउ परेपछि सरकार र विप्लव नेकपाको रणनीति के हुन्छ रु सरकारले अब विप्लव नेकपाप्रति यसरी नै नेता पक्राउ गर्दै जाने रणनीति लिएर कमजोर बनाउँछ कि अन्य कुनै रणनीति तयार गर्छ भन्ने प्रश्न छ । विप्लव समस्या समाधान होला कि के होला भन्ने प्रश्नले धेरैलाई घोचिरहेको छ । किन भने लामो गृहयुद्धको पीडा भोगिसकेका नागरिकलाइ फेरि पनि युद्ध हुन्छ कि भन्ने चिन्ता छ ।

सरकारले प्रकाण्डबाट जस्तै नेता सुदर्शनबाट थप केही सूचना लिएर विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरेरै सक्ने रणनीति लिन पनि सक्छ । तर, यो त्यति सजिलो नहुन सक्छ । सुदर्शनबाट पार्टीका डकुमेन्ट कतिसम्म बरामद हुन्छन् रु उनले कति योजनाहरु बक्छन् भन्नेमा भर पर्छ । त्यसरी प्रहरीलाई पार्टी योजनाबारे सुदर्शनले खुलाउलान भन्न सकिन्न । किनभने उनीहरुको स्कुलिङ विचारप्रति कट्टीबद्ध हुनु नै हो ।

बरु मर्न तयार हुने तर योजना नखुलाउने स्कुलिङबाट आएका उनीहरुले योजना खोल्न गाह्रो छ । लुतनात्मकरुपमा पक्राउ परेका कार्यकर्ताहरुले केही योजना बयानमा भन्न सक्छन् । तर, उनीहरुलाई भित्री योजना थाहा नहुन सक्छ । यसले गर्दा विप्लवका योजना थाहा पाउन सरकारलाई कठिन नै हुन सक्छ ।

पक्राउ परेका मध्यकमाण्ड ईन्चार्ज हेमन्त प्रकाश वली ९सुदर्शन०
के गर्छ त विप्लव नेकपा रु मुख्य प्रश्न यो छ । प्रकाण्ड पक्राउ परेपछि केही नरमरुपमा प्रस्तुत भएको थियो । तर, उनी छुटेपछि विप्लव समूह पूर्णरुपमा भूमिगत नै भयो । त्यसबेलादेखि नै थप नयाँ रणनीति तय गरेर आक्रामक भएको थियो । यो शृङखलालाई हेर्दा विप्लव नेकपाले प्रकाण्डलाई छुटाउनका लागि नरम भएको हुनसक्छ

सुदर्शनको पक्राउपछि के गर्छ त ?
पछिल्लो घटनाक्रमको शृङखलाले जनतामा त्रास फैलिसकेको छ । फेरि युद्ध हुन्छ कि भन्ने चिन्ता थपिएको छ । सरकारले विप्लवलाई प्रतिबन्ध लगाएसँगे जनतामा त्रास छ । त्यसकै कारण पनि धेरैले प्रतिबन्ध लगाउनुभन्दा राजनीतिक बार्ताबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिएका थिए । किन भने यसले युद्धलाई नजिक ल्याउन सक्छ, जुन देश र नागरिकका लागि अर्को अभिसाप हुनसक्छ । तर, सरकारको रणनीति पक्राउ गरेरै सक्नेमा केन्द्रित भए जस्तो देखियो । त्यसकै सिलसिलामा सुदर्शन पक्राउ परे ।

अब विप्लव नेकपाले प्रकाण्ड पक्राउ परेको जस्तै नरम शैली अपनाउला या त अझै कडारुपमा प्रष्ट होला रु सुदर्शन छुट्न सक्ने अवस्था भए विप्लव नेकपा केही हदसम्म नरम हुनपनि सक्छ । तर, सुदर्शन सजिलै छुट्ने अवस्था देखिदैन । सरकारले उनलाई छोडाउन विप्लव नेकपालाई गलाउने रणनीति लिन सक्छ । यो अवस्थामा विप्लव गल्ने या त युद्धमै होमिले २ वटा निर्णय गर्नपर्ने अवस्था हुनसक्छ ।

विप्लव नेकपाले सुदर्शलाई कुन हैसियतले हेर्छ त्यसमा पनि भर पर्छ । सुदर्शनको अतिआवश्यकता महसुस गरे सरकारसँग गल्न पनि सक्छ । नत्र आफ्नै योजनामा थप नयाँ रणनीतिका साथ अद्दि बढ्न पनि सक्छ । अब अझै अघि बढ्ने भनेको युद्धमै होमिने हो । जुन देशका लागि अभिसाप हुने छ । सुदर्शन पक्राउको जवाफमा कतै फेरि चौकी आक्रमणबाट त दिदैन विप्लव नेकपाले भन्ने शंका पनि छ । तसर्थ सुदर्श पक्राउले अझै धेरै प्रश्न उब्जिएका छन् । विप्लव समस्या समाधानबारे थप अन्योलता छाएको छ ।