Swornakshar Logo

द्धन्द्वकालमा लुकाइएका चार थान बन्दुक बरामद

८ चैत । अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–५, गुरासेडाँडामा लुकाइ राखेको अवैध हातहतियार प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले स्थानीय कमल चौहानको घरबाट एक थान भरुवा बन्दुक र घर नजिकैको पहरामा लुकाएर राखेको अवस्थामा दुई थान म्याग्नम रेमिङ्गटन र एक थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।
चौहानको घर द्वन्द्वकालमा तत्कालीन माओवादीको सेल्टर रहेकाले बरामद गरिएका हतियारहरु द्वन्द्वकालको समयका भएको उपरीक्षक मल्लले बताए । प्रहरी प्रमुख मल्लले जिल्लाका अन्य ठाउँमा पनि हतियार लुकाएर राखिएको हुन सक्ने भन्दै प्रहरीले सर्च अभियान चलाउने बताए ।